+
Search

ताजा अपडेट +

पपुलर +

जोमसोम जोड्ने सडकमा राती सवारी चलाउन राेक

शब्द-यात्रा
२०८३ साउन २०, बुधबार

हिमाल पारीकाे जिल्लाकाे रुपमा परिचित जाेमसाेम जाेड्ने बेनी-जाेमसाेम सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । म्याग्दीकाे सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको हाे ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भाेलि बिहीबार बिहान ५ बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको बताइएकाे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई मध्येजनर गर्दे रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा